क्यान्सरको नक्कली औषधि बनाउने गिरोह पर्दाफाश

delhi-crime-e1710314267427.jpg

चार करोड नगदसहित ७ जना पक्राउ

नयाँ दिल्ली: दिल्ली पुलिसलाई ठूलो सफलता हात लागेको छ। दिल्ली पुलिसको अपराध शाखाले क्यान्सरका बिरामीको केमोथेरापीका लागि नक्कली औषधि बनाउने र बिक्री गर्ने सिन्डिकेटको पर्दाफास गरेको छ। दिल्ली पुलिसको अपराध शाखाले यो नक्कली ड्रग सिन्डिकेटका ७ जना आरोपीलाई पक्राउ गरेको छ।
करोडौंको औषधि बरामद
पुलिसले आरोपीको साथबाट करिब चार करोड रुपैयाँ बराबरको ७ अन्तर्राष्ट्रिय र २ भारतीय ब्राण्डको औषधि बरामद गरेको छ। सोमबार अपराध शाखाको टोलीले मोती नगर, गुरुग्राम र यमुना विहारका ४ ठाउँमा छापा मारेर आरोपीलाई पक्राउ गरेको थियो।
विदेशी मुद्रा पनि बरामद
छापा मार्दा अपराध शाखाले ८९.५ लाख रुपैयाँ र १९ हजार अमेरिकी डलर समेत बरामद गरेको छ। उक्त सिण्डिकेटमा कति जना कार्यरत छन् र अहिलेसम्म कतिलाई यी औषधि खुवाइएको छ भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *