एसएलएसटी उम्मेद्वारहरूको लागि सहायक शिक्षकको पदमा भर्तीको अधिसूचना जारी

wbssc.jpg

काेलकाता: पश्चिम बंगाल स्कूल सेवा आयोगले उच्च प्राथमिकमा सहायक शिक्षकहरूको लागि आरक्षित एसएलएसटी (२०१६) का सफल उम्मेद्वारहरूको पर्सन्यालिटी टेस्टको लागि एक अधिसूचना जारी गरेको छ।

सहायक अध्यापकहरूको लागि आरक्षित १० प्रतिशत सीटको निम्ति उम्मेद्वारहरूलाई डाकिनेछ।

फिजिकल एजुकेशन औ भोकेशनल एजुकेशनको नोकरी गर्नेहरूले यसमा भाग लिन पाउने छैनन्। उनीहरूको प्यानल तयार छ, तर अदालतले रोक लगाएको कारणले हाल यसलाई जारी गर्न सकिएको छैन।

आयोगद्वारा गए मंगलवार राती जारी एक अधिसूचनामा बताइएको छ, एसएलएसटी नोकरीको निम्ति इच्छुक उम्मेद्वारहरू (शारीरिक शिक्षा एवं व्यवसायिक शिक्षा बाहेक) गत २ अप्रेल, २०१६ को पर्सन्यालिटी टेस्टको लागि एसएससी मुख्यालमा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्नेछ। यसको लागि निमन्त्रण पत्र आगामी २७ मार्चदेखि आयोगको वेबसाइट www.westbengalssc.com- बाट डाउनलोड गर्न सकिन्छ।

नोकरीको निम्ति इच्छुक उम्मेद्वारहरू जसलाई टेस्टको लागि बोलाइन्छ, त्यस दिन सबै मूल कागजपत्रहरू अनि यसको फोटोकपीसितै उपस्थित हुनुपर्नेछ। नोटिफिकेशनमा बताइएको छ, यदि कुनै उम्मेद्वार त्यस दिन उपस्थित हुन नसकेका उम्मेद्वारहरूलाई दोस्रो पटक अवसर दिइनेछैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *