बाघडुग्रा: बाघडुग्राको सिंगीझोडा चिया बगानसित संलग्न रेलवे लाइनमा ट्रेनको चपेटमा परेर एकजना व्यक्तिको मृत्यु भएको छ। मृतकका नाम सुनील उरांव (३५) हो। तिनी सिंगीझोडा चिया बगान निवासी थिए। प्राप्त जानकारी अनुसार रेलवे लाइन पार गरिरहेको समय ट्रेनको चपेटमा परेर उक्त व्यक्तिको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाउन साथ बाघडुग्रा पुलिस अनि रेलवे पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ।