नयाँ दिल्ली: भारतका पूर्व पेस बलर प्रवीण कुमारले इण्डियन प्रीमियर लीग २०२४ अघि मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्ड्याको खुलेर आलोचना गरेका छन्। प्रवीणले हार्दिकको अहंकारको साथमा घरेलु र राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने इच्छामाथि प्रश्न उठाएका छन्। प्रवीणले एउटा साक्षात्कारमा भने, तपाईं आईपीएलको दुई महिना अघि चोटको शिकार बन्नु हुन्छ। तपाईं न देशको निम्ति खेल्नु हुन्छ अनि न घरेलु क्रिकेटमा राज्यको टीमबाट नै। त्यसपछि सीधै आईपीएलमा खेल्न ओर्लिनु हुन्छ। पैसा कमाउनुमा कुनै खराबी छैन। पैसा कमाउनु पर्छ तर यसको निम्ति राज्य र देशको निम्ति नखेलेर केवल आईपीएलमा खेल्नु चाहिँ राम्रो होइन। यो संस्कारले देशलाई फाइदा हुनेछैन।
हार्दिकले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच गत वर्ष १९ अक्टोबरमा आईसीसी वनडे वर्ल्ड कपको अवधि बंग्लादेश विरुद्ध खेलेका थिए। अहिले उनी आईपीएलमा ओर्लिन अनि मुम्बई इण्डियन्स टीमको कप्तानी गर्न तयार छन्। उनी सोमवार मुम्बई इण्डियन्सको टीममा सामेल भए अनि अभ्यास सत्रमा पनि हिस्सा लिए। उनलाई फ्रेञ्चाइजीले २०२१-को मेगा लिलामीमा रिटेन गरेको थिएन अनि उनी गुजरात टाइटन्स टीममा कप्तानको रूपमा सामेल भएका थिए। यस स्टार अलराउण्डरको कप्तानीमा टाइटन्सले आफ्नो पहिलो आईपीएलमै (२०२२-मा) खिताब जितेको थियो अनि गत वर्ष पनि टीम उपविजेता रहेको थियो। त्यसपछि हार्दिक आईपीएलको २०२४ सीजनको निम्ति मुम्बई इण्डियन्समा फर्किए अनि उनलाई सीधै टीमका कप्तान नियुक्त गरियो। प्रवीणले फ्रेञ्चाइजीले हार्दिकको स्थानमा रोहित शर्मालाई नै कप्तानको पदमा कायम राख्न सक्थ्यो भन्ने पनि स्वीकार गरे। उनले भने, यस्तो गर्न सकिन्थ्यो। आउँदो २-३ सालसम्म रोहितले कप्तानी गर्न सक्ने थिए तर अन्तिम फसेला त प्रबन्धनकै हातमा हुन्छ। हार्दिकको कप्तानीमा रहने मुम्बई इण्डियन्सले २४ मार्चमा गुजरात टाइटन्स विरुद्ध म्याचको साथ आईपीएल २०२४-मा अभियान शुरु गर्नेछ।