गान्तोक। भारत सरकारको आय़ुष, बन्दरगाह एवम जलमार्ग केन्द्रीय मन्त्री सर्वन्दनन्दा सोनवाल सिक्किम भ्रमणको निम्ति बागडुग्रा आइपुगे। आज उनलाई पश्चिम बंगालको बागडुग्रा हवाइ अड्डामा स्वागत जनाउन खाद्य सुरक्षा आयोगका आयुक्त निरज थापा लगायत अन्य अधिकारीहरू पुगेका थिए। केन्द्रीय मन्त्री सोनवालले भोलि अर्थात शनिवार इञ्चे गुम्बामा आयोजना हुने योगाउत्सवमा सहभागिता जनाउने भएका छन् भने सोही प्रकारले मनन केन्द्रमा आयोजना गरिने दुई दिवसीय सोवा रिग्पा कार्याशालाको पनि उदघाटन गर्ने जानकारी प्राप्त भएको छ।