यूएफा च्याम्पियन्स लीगःबार्सिलोना र आर्सनल क्वार्टर फाइनलमा

photocollage_202431312343926.jpg

लण्डन: बार्सिलोना र आर्सनलले विपरीत परिस्थितिहरूबीच जीत हासिल गरी यूएफा च्याम्पियन्स लीग फूटबलको क्वार्टर फाइनलमा स्थान बनायो। बार्सिलोनाले मंगलवार राति खेलिएको राउण्ड अव् सिक्स्टीनको दोस्रो लेगको म्याचमा इटलीको क्लब नापोलीलाई ३-१-ले पराजित गऱ्यो। यसअघि नापोलीको होम ग्राउण्डमा खेलिएको पहिलो लेगको म्याच १-१-ले ड्र रहेको हुनाले बार्सिलोना समग्रमा ४-२-ले विजयी भएर २०१९-२० पछि पहिलोपल्ट क्वार्टर फाइनलमा पुग्यो। च्याम्पियन्स लीगमा पाँचपल्टको च्याम्पियन बार्सिलोनाले आफ्नो होम ग्राउण्डमा ४८ प्रतिशत पोजेशनको साथ खेले पनि नापोलीबाट कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। स्पेनिश क्लबलाई शुरुमै हासिल गरेको दुई गोलले फाइदा भयो। फेर्मिन लोपेजले १५औं र जोआओ कान्सेलोले १७औं मिनटमा लगातार २ गोल गरे। त्यसपछि आमिर रहमानीले ३०औं मिनटमा गोल गरी नापोलीको निम्ति आशा जगाए तर स्टार फरवर्ड रोबर्ट लेवाण्डोस्कीले ८३औं मिनटमा गोल गरी बार्सिलोनाको जीत सुनिश्चित गरे।

यसबीच आर्सनलले एफसी पोर्तोलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गरी २०१० पछि पहिलोपल्ट च्याम्पियन्स लीगको क्वार्टर फाइनलमा स्थान बनायो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा मंगलवार राति खेलिएको दोस्रो लेगको म्याचमा आर्सनलले १-०-ले जीत दर्ता गऱ्यो। यसअघि पोर्तुगीच क्लबको होम ग्राउण्डमा खेलिएको पहिलो लेगमा आर्सनल ०-१-ले हारेको हुनाले दुईवटा लेगपछि स्कोर १-१-को बराबरीमा अल्झियो। त्यसपछि पेनल्टी शूटआउटमा चाहिँ गोलकीपर डेविड रायाको उत्कृष्ट प्रदर्शनको दममा आर्सनलले क्वार्टर फाइनलमा स्थान बनायो। गोलकीपर रायाले दुईवटा असाधारण शेभ गरे। यसअघि नियमित समयको खेलमा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट एकमात्र गोल लिएण्ड्रो ट्रोसार्डले ४१औं मिनटमा छिराए। आर्सनलका म्यानेजर मिकेल अर्टेटाले म्याच जितेपछि भने, दबाउमा तपाईं सँधै आफ्नो टीमबाट सर्वश्रेष्ठ प्रदर्शनको आशा गर्नु हुन्छ तर यो (पेनल्टी शूटआउट) एउटा लटरी जस्तै हो भन्ने पनि भुल्नु हुँदैन। म्याच जितेर धेरै खुशी छु। चौध साल भइसकेको थियो (क्वार्टर फाइनलमा नपुगेको), जुन आर्सनल जस्तो क्लबको निम्ति एउटा लामो समय हो। आजको जीतले खेलाड़ीहरूका मनोबल बढ़्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *