गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज विपन्न नागरिक, बिरामी, उद्यमी, विद्यार्थी र प्रतिभाशाली कलाकारलाई मुख्यमन्त्री राहत कोषमार्फत ५ सयभन्दा बढी चेक वितरण गरे। मुख्यमन्त्रीले यसभन्दा अघि पनि यस प्रकारको योजनाअन तर्गत विभिन्न आर्थिक सहयोग प्रदान गर्दै आएका छन्। आज गोलिटारमा आयोजित एक कार्यक्रममा उक्त चेक हस्तान्तरण गरेको हो।