पूर्व मन्त्री गिरिश चन्द्र राईले दिए एसडीएफ-बाट राजीनामा

IMG-20240312-WA0236.jpg

गान्तोक: वरिष्ट राजनीतिज्ञ तथा पूर्व मन्त्री गिरिश चन्द्र राईले सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीबाट राजीनामा दिएका छन्। उनले आज पार्टी अध्यक्ष पवन चामलिङलाई पत्र लेखेर राजीनामा दिएका हुन्। राजीनामा पत्रमा पार्टीको साधरण सदस्यताबाट नै राजीनामा दिइएको कुरा उल्लेख गरिएको छ। तर, राजीनामा दिनुको कारण भने खुलाइएको छैन। राईले आफू पार्टीमा सक्रिय छँदा विभिन्न जिम्मेवारी निभाउने अवसर दिइएकोमा भने पार्टी प्रति आभार व्यक्त गरेका छन्।

सूत्रबाट थाहा लागेअनुसार राजनीतिमा प्रशस्त अनुभव भएका गिरिश चन्द्र राई भारतीय जनता पार्टीमा सामेल हुनेछन्। एसडीएफ सरकारकालमा मल्ली निर्वाचन क्षेत्रबाट वर्ष १९९४, २००४ र २००९ मा लगातार तीनपल्ट विधायक चुनिएका राई दोस्रो कार्यकालमा ग्रामीण विकास मन्त्री रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement