चुनाउ आचार संहितालाई लिएर मुख्य सचिवले डाके बैठक

IMG-20240312-WA0233.jpg

गान्तोक: लोकसभा र सिक्किम विधानसभाको आगामी आम चुनावको सम्बन्धमा मोडल आचार संहिताको समयमा विभागहरूले पालना गर्ने नियमबारे छलफल गर्न आज टाशिलिङ सचिवालयमा बैठक भयो। बैठकको अध्यक्षता सिक्किम सरकारका मुख्य सचिव भीबी पाठकले गरेका थिए। बैठकमा सरकारका उच्च अधिकारीहरु, पुलिस अधिकारीहरु, मुख्य निर्वाचन अधिकारी सबै विभागका प्रमुखहरू मुख्य निर्वाचन अधिकारीको कार्यालय र अन्य सम्बन्धित विभागका अधिकारीहरू उपस्थित थिए। राज्य चुनाउ आयोगका अतिरिक्त सचिवले एमसीसीको समयमा सबै विभागहरूले पालना गर्नुपर्ने नियमहरूको विस्तृत पावर पोइन्ट प्रस्तुतीकरण गरे। भारतको निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका घोषणा गरेको दिनदेखि तत्काल लाग गर्छ। आयोगले ‘निर्वाचित सदस्यको नामावलीसम्बन्धी सूचना जारी नगरेसम्म यो सञ्चालनमा रहने बताए। सबै सरकारी विभागहरू र सबै संगठनहरू/समितिहरू/निगमहरू/आयोगहरू आदिमा लागू हुने विषय़मा जानकारी गराए। मुख्य सचिवले उपस्थित सबैलाई एमसीसीको अवधिमा सबैले नियमहरू पालना गरिएको सुनिश्चित गर्न विभागहरूलाई सहयोग गर्न निर्देश गरे। बैठकमा सहभागीहरुले आ–आफ्ना विभागका समस्याबारे उल्लेख गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *