सिलगढीमा स्कूल बस दुर्घटना, धेरै घाइते

1000579021.jpg

सिलगढी: सिलगढीमा स्कुल बस दुर्घटना हुँदा कैयौं विद्यार्थी घाइते भएका छन्। सिलगढीको शान्तिनगर इलाकामा मंगलबार एउटा स्कूल बस अनियन्त्रित भई गैरसरकारी अंग्रेजी माध्यमको विद्यालयको पर्खालमा ठोक्किएको बताइएको छ। घटनालाई लिएर क्षेत्रमा निकै सनसनी मच्चिएको छ। सोही क्रममा बसभित्र रहेका कैयौँ विद्यार्थी घाइते भएका छन्। चालक र कन्डक्टर दुवैले मादक पदार्थ सेवन गरेको स्थानीयवासीले आरोप लगाएका छन्। जसका कारण बस तिब्र गतिमा उक्त क्षेत्रबाट गुज्रिरहेको थियो। लगत्तै घटनाको जानकारी पाएर असिघर पुलिस घटनास्थलमा पुगेर बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर थाना लगिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement