गान्तोक: अाज क्षेत्र विधायक तथा राज्यको शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चाको आधिकारिक निवास स्थानमा आयोजित कार्यक्रम अवधि स्यारी निर्वाचन क्षेत्रको विभिन्न वार्डबाट ९३ परिवारले एसडीएफ पार्टी त्यागेर सत्तारुढ एसकेएम पार्टीको झण्डा समाएका छन्।
२०१९ मा राज्यमा एसकेएम पार्टी विजयी बनेपछि अन्य पार्टीलाई त्यागेर एसकेएममा सामेल हुने मानिसहरूको संख्या दिन प्रतिदिन बढ्दो छ। स्यारीको पबिक नैतामबाट ३५ परिवार, सरमसा-डीपीएचबाट ३४ परिवार र नान्डोकबाट २४ परिवार गरी कुल ९३ परिवार पार्टीमा सामेल भएको क्षेत्र विधायक तथा मन्त्री कुङ्गा निमा लेप्चाले जानकारी दिए।
उनले वर्तमान स्थितिमा एसकेएमको पक्षमा ७५ देखि ८० प्रतिशत जनता रहेको जानकारी दिँदै २०२४ को चुनाउमा राज्यका ३२ वटै क्षेत्रमा पार्टी विजयी हुने दाबी गरे।










