भारतीय चुनाउ आयोगले लेख्यो मुख्य चुनाउ अधिकारीलाई पत्र

1000579026.jpg

गान्तोक: सिक्किमका विभिन्न राजनीतिक दलले गरेका उजुरीलाई संज्ञानमा लिंदै चुनाउ आयोगले सिक्किममा आगामी विधान सभा चुनाउ र लोकसभा चुनाउलाई लिएर राज्यको कानून व्यवस्थाको स्थिति सम्बन्धमा सिक्किमका मुख्य चुनाउ अधिकारीलाई पत्रचार गरेको छ।

राष्ट्रिय निर्वाचन आयोगको तर्फबाट सिक्किमका मुख्य चुनाउ अधिकारीलाई लेखेको पत्रमा हिंसात्मक गतिविधिमा कडा कदम चाल्नु पर्ने निर्देश दिइएको छ। जानकारी अनुसार, ८ मार्चको दिन गरिएको उक्त पत्रचारमा सिक्किममा हुने विधानसभा र लोकसभा चुनाउको तयारीको समीक्षा गर्न वरिष्ठ उपचुनाउ आयुक्तको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल ११ फरवरीदेखि १३ फरवरीसम्म गान्तोक गएको बताइएको छ।

भ्रमणका क्रममा निर्वाचन आयोगका प्रतिनिधिमण्डलले जिल्ला निर्वाचन अधिकारी र एसपीहरू बाहेक राज्यस्तरीय सिभिल र पुलिस अधिकारीहरूसँग विस्तृत छलफल गरेको थियो। यस छलफलमा अधिकारीहरूलाई राज्यमा हिंसारहित, स्वतन्त्र, निष्पक्ष र चुस्त चुनाउ सुनिश्चित गर्न निर्देशन दिइएको बताइएको छ।

पत्रमा आयोगलाई राज्यमा आगामी निर्वाचनको सन्दर्भमा हिंसा, तोडफोडसम्बन्धि विभिन्न राजनीतिक दलहरूबाट धेरै उजुरी प्राप्त भइरहेको बताइएको छ। आयोगको तर्फबाट सिक्किमका मुख्य चुनाउ अधिकारीलाई हिंसाहरूलाई लिएर कडा कदम चाल्नु पर्ने निर्देश दिइएको छ।

पत्रमा बताइएअनुसार, चुनाउ अधिकारीको रिपोर्टबाट राज्यमा हिंसाका घटना भएको कुरा सत्य साबित भएको छ र यससम्बन्ध कडा कदम उठाउने आयोगले सिक्किमका मुख्य चुनाउ अधिकारीलाई निर्देश दिएको छ। आयोगले यस सम्बन्धमा गम्भीर चिन्ता व्यक्त गर्दै हिंसाको लागि कुनै ठाउँ नभएको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement