गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज बिहारको राजधानी पटनाबाट फर्किएका छन्। मुख्यमन्त्रीलाई बागडोगरा हवाई अड्डामा उनका प्रेस सचिव बिकास बस्नेत र सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाए।
मुख्यमन्त्री पटनामा सिक्किमका राज्यपाल गंगा प्रसादको पुस्तक लोकार्पण समारोहमा सहभागी बनेर फर्किआएका हुन्। यस अवधि मुख्यमन्त्रीले बौद्धगयामा सिक्किम टेम्पल हाउस पनि निरीक्षण भ्रमण गरेका थिए। मुख्यमन्त्रीको साथमा मन्त्रीद्वय अरूण उप्रेती र एमएन शेर्पा पनि पटना गएका थिए।










