पंखाबारीको श्री राधाकृष्ण मन्दिरमा पाँच दिवसीय प्राण प्रतिष्ठा कार्यक्रम शुरू

IMG-20240312-WA0219.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत पंखाबारीस्थित श्री राधाकृष्ण मन्दिरमा आजदेखि पाँच दिवसीय प्राण प्रतिष्ठा कार्यक्रम शुरू भएको छ। प्रथम दिन आज मन्दिरबाट कलश यात्रा निकालियो। कलश यात्रा मन्दिर परिसरबाट निकालेर गाडीधुरा हुँदै दुधे पुगेपछि यहाँको बालासन खोलाबाट जल सङ्ग्रह गरी पुनः मन्दिरमा ल्याएर राखियो। यस पाँच दिवसी पूजा प्रतिष्ठानबारे आयोजक समितिको पक्षबाट दिवस छेत्रीले अवगत गराउँदै सबैलाई यस पाँच दिवसीय पूजा अनुष्ठानमा उपस्थित भइदिने निवेदन गरेका छन्। यस अनुष्ठानका मुख्य पुरोहित तथा कथावाचक पण्डित बसन्त खनालले आजको अनुष्ठान लगायत पाँच दिवसीय यस पूजा समारोहबारे जानकारी दिएका छन्। आजको यस कलश यात्रामा स्थानीय श्रद्धालु भक्तजनको धेरै मात्रामा उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *