धार्मिक पर्यटनलाई थप टेवा दिन्दै शिवखोलामा काली मन्दिरको उदघाटन

IMG-20240312-WA0218.jpg

खरसाङ: तीनधारे महानदी समष्टिको शिवखोलामा काली मन्दिरको उदघाटन गरिएको छ। शिव मन्दिर संरक्षण समितिको आयोजनामा शिवखोला ग्राम पञ्चायत अन्तर्गत रहेको शिवखोलास्थित शिव मन्दिरको परिसरमा नव निर्मित श्री श्री कालीमाता मन्दिरको उदघाटन गरिएको छ। उक्त मन्दिरको विधिवत प्राण प्रतिष्ठाको पावन तिथि पारेर मंगलबार यस मन्दिरको व्यवस्थापक देव गुरुजीको विशेष उपस्थितिमा सालबारी निवासी दिपक पलको करकमलबाट विधिवत रुपमा उद्घाटन गरियो। यस धार्मिक उद्घाटन कार्यक्रममा अतिथिको रुपमा सुरेन प्रधान (केएफसीका महासचिव), पेम्बा रिम्पोर्छे, रोशन छेत्री, ओमप्रकाश शर्मा, शिवखोला ग्राम पञ्चायतका सचिव स्मृति सिंह, पञ्चायत प्रधान मोहनकुमार प्रधान, पञ्चायत समिति सदस्या अनिरा वाइबा, पञ्चायत सदस्य बिक्की तामाङ, सन्त मेरिज तीन ग्राम पञ्चायतका पञ्चायत सचिव सङ्गिता लामा अनि प्रजापति ब्राह्मकुमारी ईश्वरीय विश्वविद्यालयका सदस्यहरुको विशेष उपस्थित थियो। उक्त मन्दिरको उदघाटन कार्यक्रममा शिवखोला र वरिपरिका भक्तजनको विशेष उपस्थिति रहेको थियो। खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोला क्षेत्र धार्मिक पर्यटनको लागि निक्कै प्रसिद्ध बन्दै गईरहेको छ।

शिवखोलामा काली मन्दिरको उदघाटनले झनै यस क्षेत्रको धार्मिक पर्यटन क्षेत्रलाई थप टेवा दिने स्थानीयहरूले बताएका छन्। यस मन्दिर उदघाटन विषयमा शिव मन्दिरको व्यवस्थापक देव गुरुजी अनि शिवखोला संरक्षण समितिका सदस्य दिवस वाइबाले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement