नाम्ची: आज बौद्ध धर्मावलम्बीहरूलाई सिक्किम कर्मापा समितिका अध्यक्ष वाङ्दी छिरिङ लामाले ड्रुक्पा छेजीको शुभकामना दिएका छन्। यस क्रममा तिनले ड्रुक्पा छेजी पर्व पालन गर्नुको महत्त्व विषय प्रकाश पार्दै बौद्ध धर्मका केही कुरा संक्षेपमा पारे।
तिनले भने, ‘ड्रुक्पा छेजी भनेको सिर्द्धात गौतमले बोधित्व प्राप्त गरेपछि आफ्नो ज्ञान प्रथमपल्ट आफ्ना पाँचजना चेला-भिक्षुलाई दिएको दिन हो। सिद्धार्थ गौतमको कुरा सुनेपछि सिद्धार्थ गौतमले साँच्चै नै बोधित्व प्राप्त गरे छन् भनी उनका चेलाहरूले आत्मानुभूति गरेपछि उनीहरू बुद्धको शरणंमा आउँछन्। उनीहरू बुद्धको शरणंमा आएपछि बुद्धम् शरणं गच्छामीः हुन्छ भने बुद्धको ज्ञान धर्ममा आधारित भएको हुँदा धम्मम् शरंण गच्छामीः हुन्छ। बुद्धको ज्ञानलाई प्रचार गर्न संघको रूपमा उनीहरू पाँचजना भएको हुँदा संघम् शरणं गच्छामीः भन्नु पर्छ भनी उनीहरूमाँझ सहमती भएको हो।’










