डा. सुजय लाल थाओसेन एएससीआरटीपीएसको नयाँ मुख्य आयुक्त

518e30b2-d166-4d13-ac69-5c0776572828.jpg

गुवाहाटी(असम): राज्यपाल गुलाब चन्द कटारियाले आज राजभवनमा आयोजित एक समारोहमा सेवानिवृत्त आईपीएस अधिकारी डा. सुजय लाल थाओसेनलाई असम राज्य लोक सेवा अधिकार आयोग (एएससीआरटीपीएस)- को मुख्य आयुक्तको रूपमा पदको शपथ दिलाए।

यसपूर्व असम सरकारका मुख्य सचिव पवन कुमार बरठाकुरले समारोह संचालन गर्नको लागि राज्यपालबाट अनुमति लिए। शपथ ग्रहण समारोहमा ऊर्जामन्त्री नन्दिता गार्लोसा, डीजीपी जीपी सिंह, असमका राज्यपालका आयुक्त औ सचिव एसएस मिनाक्षी सुन्दरम, जीएडीका आयुक्त औ सचिव एमएस मणिवन्नन, पूर्व डीजीपी भास्कर ज्योति महन्त, अतिरिक्त डीजीपी हिरेन नाथ सहित राज्य सरकारका वरिष्ठ अधिकारी औ डा. सुजय लाल थाओसेनका परिवारका सदस्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement