अलिपुरद्वार: आज प्रधानमन्त्री नरेन्द्र मोदीले अलिपुरद्वार जिल्लाको मदारीहाट रेलवे स्टेशनमा वान स्टेशन वान प्रोडक्ट स्टलको भर्चुअली उद्घाटन गरे। यस अवसरमा मादरीहाट रेलवे स्टेशनमा रेलवेले कार्यक्रम आयोजना गऱ्यो।
कार्यक्रममा मदारीहाटका विधायक मनोज तिग्गा समेत केही रेलवे अधिकारीहरू उपस्थित थिए।
यस अवधि विधायक तिग्गाले भने, देशका भिन्न-भिन्न राज्यहरूमा ८५,००० करोड़ रुपियाँभन्दा अधिकको लागतमा लगभग ६,९०० भन्दा अधिक रेलवे परियोजनाहरूको आधारशिला पीएम मोदीले राखेका छन्। यसै क्रममा ‘भोकल फर लोकल’ दृष्टिकोणलाई प्रोत्साहित गर्न, स्थानीय, स्वदेशी उत्पादहरूको लागि बजार व्यवस्थापन गरेर मानिसहरूको निम्ति अतिरिक्त आय श्रोत बढ़ाउने उद्देश्यले ‘वान स्टेशन वान प्रोडक्ट’ योजना शुरू गरिएको छ जसको शुरूआत मादरीहाट रेलवे स्टेशनमा पनि गरिएको छ।