गान्तोक: सिक्किम भाजपा नेता डीटी लेप्चाले आज राज्यसभाका अध्यक्ष जगदीप धनखडको उपस्थितिमा संसद भवनमा राज्यसभा सांसदको शपथ ग्रहण गरे। शपथ ग्रहणअवधि उपराष्ट्रपति तथा राज्यसभा अध्यक्ष जगदीप धनखडसँगै भाजपा नेता दोर्जी छिरिङ लेप्चा र उनका परिवारका सदस्यहरू उपस्थित थिए। पाकिम जिल्लाको नाथाङ माचोङ आसनबाट विधायक रहेका लेप्चा सिक्किम क्रान्तिकारी मोर्चाको समर्थनमा राज्यसभा सांसदका लागि निर्विरोध निर्वाचित भएका थिए।