”सीएए”को माध्यमबाट कुनै नयाँ मान्छे असममा आयो भने पदत्याग गर्नेछु: डा. सरमा

65f0028aa88d8-assam-chief-minister-himanta-biswa-sarma-122145783-16x9.jpg

शिवसागर(असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, नागरिकता संशोधन कानून (सीएए)को माध्यमबाट यदि एकजना पनि विदेशी नागरिक नयाँ शिराबाट असममा आयो भने उनले मुख्यमन्त्री पदबाट राजीनामा दिनेछन्।

मुख्यमन्त्रीले आज शिवसागरमा आयोजित एक कार्यक्रममा भाग लिएपछि मीडियासित बातचित गरिरहेका थिए।

मुख्यमन्त्रीले भने, वर्ष २०१४ भन्दा पहिला देशमा आएका मानिसहरूले नै यस कानूनको माध्यमबाट नागरिकताको निम्ति आवेदन गर्न सक्नेछन्। कुनै पनि व्यक्ति नयाँ शिराबाट आउन सक्दैनन्। उनले भने, असममा आन्दोलनको वातावारण सृजना गर्ने प्रयास हुनु हुँदैन। यसबाट राज्यमा जारी विकास कार्य अवरूद्ध हुनेछ।

उनले भने, “२० लाख, २५ लाख वा १ करोड़ मानिसहरू विदेशबाट आएर असममा बस्नेछन्”- यसो भनेर मानिसहरूलाई भ्रमित पार्ने चेष्टा गरिँदैछ। आगामी दुई-तीन महिनाभित्रमै यो साबित हुनेछ कि यस कानूनको माध्यमबाट नागरिकता प्राप्त गर्ने प्रयास कतिजना मानिसहरूले गर्नेछन्। उनले भने, यदि २०-२५ लाख मानिसहरू यस कानूनको माध्यमबाट असममा आउँछन् भने उनीहरू स्वयंले पनि आन्दोलन गर्नेछन्, किनभने उनीहरू पनि असमिया नै हुन्। मुख्यमन्त्रीले भने, यस कानूनलाई लिएर कोही पनि सशंकित हुने आवश्यकता छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement