जलपाईगुड़ी: जिल्लाको मेटेली ब्लक अन्तर्गत चालसा संलग्न क्षेत्रमा एक नवजात शिशुको शव भेटिएपछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो सन्त्राष फैलिएको छ। मंगलवार बिहान स्थानीय मानिसहरूले बागेटा बस्तीस्थित फूटबल मैदानमा नवजातको क्षत-विक्षत शव भेटे।
प्रत्यक्षदर्शीहरूले बताए, केही भुस्याहा कुकुरहरूलाई नवजातको शव मुखमा लिएर घुमिरहेको देखियो। घटना अघि आउनसाथ क्षेत्रमा सन्त्राष व्याप्त भयो। घटनाको सूचना पाएर मेटेली थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर परीक्षण गर्नको लागि अस्पतालमा पठाइदियो।
स्थानीय मानिसहरूको आनुसार, नवजात शिशुको शवलाई कसैले राती अँध्यारोमा छोड़ेर गए होलान्। मेटेली थानाको पुलिस घटनाको जाँचमा जुटेको छ।