दार्जीलिङ: उत्तर बंगाल राज्यको माग गर्ने नौवटा संगठनको संयुक्त मञ्च युनाइटेड फ्रन्ट फर सेपरेट स्टेट (युएफएसएस)ले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)का अध्यक्ष विमल गुरुङलाई दार्जीलिङ लोकसभा सीटबाट चुनावमा खडा गराउन चाहेको समाचार छ। संचारमाध्यमको समाचार अनुसार, गोजमुमोका महासचिव रोशन गिरीले प्रस्ताव आएको स्वीकार गरे। ‘हामीले प्रस्ताव प्राप्त गरेका छौं, तर दार्जीलिङ लोकसभा सिटबाट विमल गुरुङले उम्मेदवारी दिने भन्नेबारे पार्टीले कुनै अडान लिएको छैन,’ उनले भनेक छन्l युएफएसएस नौ क्षेत्रीय राजनीतिक दल र संगठनहरूको साझा मञ्च हो- कामतापुर प्रगतिशील पार्टी, गोर्खा जनमुक्ति मोर्चा, कामतापुर पिपुल्स पार्टी (युनाइटेड), जोय बिरसा मुण्डा उलगुलान, एससी/एसटी आन्दोलन समिति, प्रोग्रेसिभ पीपुल्स पार्टी, अखिल भारतीय राजवंशी समाज, ग्रेटर कोच बिहार पीपुल्स एसोसिएसन र भूमिपुत्र उन्नति समिति सम्पूर्ण उत्तर बंगालमा बैठकहरू गर्दैछन्। युएफएसएसले उत्तर बंगालका सबै आठ लोकसभा सीटहरूमा चुनाव लड्ने निर्णय गरेको समाचार।