राष्ट्रपति शासनबिना शान्तिपूर्ण निर्वाचन सम्भव छैन: पवन चामलिङ

Pawan-Chamling

गान्तोक: पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)का अध्यक्ष पवन चामलिङले सिक्किममा राष्ट्रपति शासन नहुँदा सिक्किमका मतदाताहरूले आगामी विधानसभा र लोकसभा चुनावमा स्वतन्त्र रूपमा भाग लिन नसक्ने बताएका छन्। ‘यस साताभित्र निर्वाचनको घोषणा हुन्छ। यहाँका जनता निर्भय भएर मतदान गर्न चाहन्छन् भने तत्काल राष्ट्रपति शासन लगाउनुपर्छ, तब मात्र शान्तिपूर्ण निर्वाचन हुने वातावरण बन्नेछ। आजको अवस्था यस्तो छ कि निर्वाचन भयो भने डर र हिंसाका कारण जनता सहभागी हुन पाउँदैनन्। यसरी, एसडीएफ यस डर र अराजकताबाट सिक्किमका जनतालाई बचाउने, कानून र व्यवस्था कायम गर्ने र लोकतन्त्रको पुनर्स्थापना गर्ने एजेन्डा लिएर चुनावमा आउँदैछ’ पवन चामलिङले भने। उनले एसडीएफको मुख्यालय इन्दिरा बाईपासदेखि गान्तोक ड्याक क्षेत्र सिचीसम्म पदयात्राको समापनपछि संचारकर्मीहरूसँग कुरा गर्दै थिए। एसडीएफ कार्यकर्ताहरूको ठूलो सहभागितामा र्‍यालीमा पूर्व सभामुख तथा एसडीएफका वरिष्ठ नेता केएन राईमाथि मल्लीमा भएको हिंसात्मक आक्रमणको निन्दा गरिएको थियो। उनीहरुले केएनको लागि न्यायको माग गर्दै नाराबाजी समेत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement