ओल्ड मालदा: पिताले मोबाइल दिलाउन अस्वीकार गरेकै कारण नवौं कक्षाका छात्रले गलफन्दा लगाएर आत्महत्या गरे। यो घटना ओल्ड मालदाको वार्ड नम्बर ७-स्थित मण्डलपारा क्षेत्रको हो।
मृतकको नाम तन्मय सरकार (१४) हो जो ओल्ड मालदा कलाचन्द हाई स्कूलका छात्र थिए। भनिन्छ, मंगलवार बिहान घरको कोठाभित्र तन्मयको शव गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। त्यसपछि परिवारका सदस्यहरूले मालदा थानाको पुलिसालाई सूचित गरे। पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो।
स्थानीय मानिसहरूले बताए अनुसार तन्मयका पिता विश्वनाथ सरकार एक चामल मिलमा श्रमिकको रूपमा कार्यरत् छन् भने आमा गृहणी। परिवारको आर्थिक स्थिति दयनीय छ। पारिवारिक सूत्र अनुसार परिवारको एकमात्र छोरा तन्मयले दुई दिनपूर्व मोबाइल फोन किनिदिने जिद गरेको थियो। पिताले उसको मागलाई पूरा गर्न सकेन। यसैले उ बितेको दुई दिनदेखि नै उदास थियो। प्रारम्भिक रूपमा मानिँदैछ कि तन्मयले आत्महत्या गरेको हो। मालदा पुलिस घटनाको जाँचमा जुटेको छ।