मुख्यमन्त्रीद्वारा गरिएको विभिन्न परियोजनाहरूको शिलान्यास र उदघाटनलाई लिएर खरसाङमा पनि कार्यक्रम सम्पन्न

IMG-20240312-WA0184.jpg

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर चौबिस परगानाबाट राज्यभरिका लागि विभिन्न विकास परियोजनाहरूको भर्चुवल माध्यमबाट एकैसाथ गरेका थिए जसमा पहाड़का लागि पनि गरिएको विभिन्न परियोजनाहरूका लागि खरसाङमा एक कार्यक्रम आयोजना गरिएको थियो। खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले गरेका विभिन्न विकास परियोजनाहरूको भर्चुवल माध्यमबाट देखाइएको थियो।

मुख्यमन्त्रीले राज्यभरिको लागि विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उदघाटन गरेकी थिइन् जसमा पहाड़को दार्जीलिङ, कालेबुङ र खरसाङमा हुने विभिन्न विकास योजनाहरू पनि सामेल थिए। यसमा खरसाङ क्षेत्रका चारवटा रोडहरू निर्माणको लागि शिलान्यास पनि सामेल रहेको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा जीटीएको मुख्य सचिव आईएएस सौम्य पुरकेट उपस्थित थिए भने सभाध्यक्षको रुपमा खरसाङ महकुमा शासक आईएएस वन्दावर्सी तेजा दिपक उपस्थित रहेका थिए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले चौबिस परगानाको हतरसबाट शिलान्यास र उदघाटन साथै सहुलियतहरू वितरण गरिएपछि उनको सम्बोधन पनि कार्यक्रममा प्रसारण गरी सुनाइएको थियो।

मुख्यमन्त्रीको सम्बोधन सकेर एक कार्यक्रम अायोजना गरिएको छ। उक्त कार्यक्रममा अतिथिहरूको बाहुलीबाट लगभग ५० जना जतिलाई पट्टा पनि वितरण गरिएको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएको मुख्य सचिव आईएएस सौम्य पुरकेट र खरसाङ महकुमा शासक आईएएस वन्दावर्सी तेजा दिपकले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, पञ्चायत समितिको सहकारी सभापति नारायण थापा, खरसाङ खण्ड अन्तर्गत पर्ने ग्राम पञ्चायतहरूका प्रधानहरू, जीटीएको सह निर्देशकहरू, खरसाङ महकुमा प्रशासनिक अधिकारीहरू, विभिन्न स्वनिर्भर दलहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement