पाकिम जिल्ला प्रशासनद्वारा १० किलोमिटर दौड़ आयोजित

n590841926171024162442805920e0c83e20dd79672ba3aed9b01125f228d0f541a344864e83d9721fa8aca.jpg

पाकिम: पाकिम जिल्ला प्रशासनले आगामी चुनाउहरूलाई ध्यानमा राख्दै आज बिहान पाकिममा १० किलोमिटर दौड़ आयोजना गऱ्यो। दौड़को आयोजना जिल्ला प्रशासनले सिक्किम एडुकेशन सोसाइटी, बेटी बचाओ बेटी पढाओ र नशा मुक्त भारत अभियानको सहयोगमा गरेको थियो।

व्यवस्थित मतदाता शिक्षा र निर्वाचन सहभागिता (एसवीईईपी) अन्तर्गत आयोजित यस दौड़को नारा ‘चुनाउको पर्व देशको गर्व’ रहेको थियो। जिल्लापाल टाशी छोपेल, एडीसी अनुपा तामलिङ, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव महेन्द्र छेत्री, एसडीएम मेरिना राई तथा अन्यहरूको उपस्थितिमा महिला एवं पुरुष वर्गको दौड़ सम्पन्न गरियो।

यस अवसरमा बेटी बचाओ बेटी पढाओ र नशा मुक्त भारत अभियानको बारेमा सचेतना जगाउने पहल पनि गरिएको थियो।

पुरुष वर्गको दौड़ प्रतियोगितामा सिलगढीका प्रदिप महतो प्रथम, कालेबुङका विकास भुजेल दोस्रो र कालेबुङकै पुरण राई एवं विवेक छेत्री तेस्रो भए। विजेताहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपियॉं प्रदान गरियो।

महिला वर्गको दौड़ प्रतियोगितामा सिलगढीकी सबिना राई प्रथम, कालेबुड़की प्रिया तामाङ दोस्रो र गान्तोककी प्रिया छेत्री तेस्रो भइन्। विजयी धावकहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रूपियॉं प्रदान गरियो। प्रतिभागी धावकहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement