दार्जीलिङ सिक्सटी प्लसले पालन गर्यो नारी दिवस

1000579021.jpg

सिलगढी: दुर्गागढी, दार्जीलिङ मोड स्थित दार्जीलिङ सिक्सटी प्लस एसोसिएशनले गत सोमबार एसोसिएशनकै सदस्य/सदस्याहरूको उपस्थितिमा अन्तर्राष्ट्रिय नारी दिवस धुमधामसँगले पालन गर्यो। एसोसिएशनका महासचिव मणि शर्माद्वारा संचालन गरेको यस कार्यक्रममा सरकारी वा गैरसरकारी संस्थानहरूमा विशिष्ट पदहरूमा सेवा प्रदान गरी सेवा निवृत्त भएका साठी वर्ष नाघेका सदस्यहरूको उपस्थिति रहेको थियो। नारी दिवसको ऐतिहासिक तथ्य, यसको प्रासङ्गिकता, पुरुष प्रधान समाजमा नारीले भोग्न परेका सस्याहरू साथै वर्तमान कालमा संसददेखि सड़कसम्म, विजगणितदेखि विज्ञानसम्म राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रहरूमा हाम्रा नारीहरूले के कति प्रगति गरेका छन्, यस्ता विषयहरूमाथि वक्ताहरूले ज्ञानवर्धक र सारगर्भित वक्तव्य राखे। कर्नल पी के शर्माले नारीको महत्वमाथि प्रकाश पार्दै ईश्वरको आराधनामा पनि सबैभन्दा धेरै नारीकै पूजा हुन्छा भनी केही घटेका घटनाहरू प्रकाश पारे। त्यसै क्रममा बी बी ठकुरीले ‘हाम्रा चेलीहरूले भ्याएकै हुन्‘ स्वरचित कविता सुनाएर उपस्थित दर्शकवर्गलाई मन्त्रमुग्ध पारे साथै  एल आर भुटिया, सावित्री छेत्री, शान्ति लामा, पुष्पा ठकुरी, बी डी तामङ, सन्तोष प्रधान, लक्ष्मण नेपाल, बी डी प्रसाद, आर बी छेत्रीले वक्तव्य राखे। अन्तर्राष्ट्रिय नारी दिवसलाई केन्द्रित गरेर यस उलक्ष्यमा  सिलगढीकी चिरपरिचित नाट्यकर्मी सरस्वती शेर्पाद्वारा अग्रज नारीहरूलाई शुभकामना व्यक्त गर्दै उनीहरूलाई खदार्पण गरी उनीहरूको सम्मानमा संक्षिप्त वक्तव्य राखिन्। दार्जीलिङ सिक्सटी प्लस एसोसिएशनका महासचिव मणि कुमार शर्माद्वारा सञ्चालन साथै पी एस घिमिरेको अध्यक्ष्यतामा आयोजन गरिएको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा बद्रीदेवी शर्मा, दुर्गा साम्वा, केदारनाथ शर्मा साथै अन्य धेरै बौध्दिक जमातको उपस्थिति रहेको थियो भनी एसोसिएशनका उपाध्यक्ष बी बी ठकुरीले प्रेस विज्ञप्ति जारी गरेका छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement