सिलगढी: सिलगढी नगर निगमले आज अपार्टमेन्टमा बनेको अवैध निर्माणमाथि बुलडोजर चलायो। आज बिहानै नगर निगमका कर्मचारीहरू अतिथि बनेर १३ नम्बर वार्डस्थित कालिका अपार्टमेन्टमा पुगेको थिए। यसपछि अभियोगको आधारमा नगर निगमले बुलडोजरको सहयोगले अवैध निर्माण गरेको ठाउँलाई खाली गरिदिएको छ।
प्राप्त जानकारी अनुसार, सिलगढीको १३ नम्बर नम्बर वार्डको प्रणामी मन्दिर रोडस्थित पुरानो कालिका अपार्टमेन्टमा केही समय पहिला टिनको शेड लगाएर पार्किङ,बालकोनी, गार्ड रूम अनि पार्किङ एरियालाई गोदामको रूपमा अवैध निर्माण तयार गरेको थियो। यसबारे अभियोग प्राप्त हुन साथ सिलगढी नगर निगमको तर्फबाट कालिका अपार्टमेन्टको अवैध निर्माण भएको भागलाई खाली गर्नको लागि भवन मालिकलाई नोटिस पठाएको थियो। तर यसपछि पनि अवैध निर्माण नभत्काएपछि अन्तमा आज नगर निगमको टीम बुलडोजर लिएर १३ नम्बर वार्डको प्रणामी मन्दिर रोड कालिका अपार्टमेन्टमा पुगेर उक्त अवैध निर्माणलाई भत्काइदिएको छ।