ठूलो ब्याटरी, स्तरीय क्यामेरा र अन्य आकर्षक फीचर्सको साथ ओप्पोले लञ्च गऱ्यो एफ२५ प्रो ५जी

Image-0001-OPPO-F25-.jpg

काेलकत्ता: ओप्पो इण्डियाले आफ्ना ग्राहकहरूका निम्ति एफ२५ प्रो ५जी स्मार्टफोन लञ्च गरेको छ। अहिले यस फोनको विशेषताहरूदेखि लिएर मूल्यको जानकारी पनि अघि आइसकेको छ। कम्पनीले यस फोनलाई दुईपल्ट कलर अप्शन्समा लञ्च गरेको छ। यसको साथै फोनमा ५०००एमएएच-को ठूलो ब्याटरी रहेको छ। फोनमा रहेको फ्रण्ट र ब्याक दुवै क्यामेरामा ४के (4K) रेकर्डिंगको सुविधा रहनेछ। यसको साथमा यो सबैभन्दा पात्लो आईपी६५ रेटेड ५जी स्मार्टफोन हो। यो डिवाइस ५ मार्च २०२४-देखि ओप्पो ई-स्टोर, फ्लिपकार्ट र मेनलाइन रिटेल आउटलेट्समा बिक्रीको निम्ति उपलब्ध रहनेछ। तपाईं पनि यस नयाँ फोनलाई खरीद गर्न चाहनु हुन्छ भने यस फोनको विशेषहरू यसप्रकार रहेको छ।

प्रोसेसरः ओप्पोको नयाँ फोन मीडियाटेक डाइमेनसिटी ७०५० चिपसेट, ८ कोर सीपीयू, एआरएम माली-जी६८ एमसी४ जीपीयू-को साथ आउनेछ।
ऱ्याम र रोमः फोनलाई कम्पनीले दुईवटा स्टोरेज भेरियण्टको साथ लञ्च गरेको छ। फोन ८ जीबी ऱ्याम अनि १२८ जीबी स्टोरेज तथा ८ जीबी ऱ्याम अनि २५६ जीबी स्टोरेजमा उपलब्ध छ।
डिस्प्लेः नयाँ ओप्पो एफ२५ प्रो ५जी फोन ६.७ इञ्चको एफएचडी प्लस २४१२x१०८० रेजोल्यूशन, ९३.४ प्रतिशत स्क्रीन रेशो, १२० हर्ट्जको रिफ्रेश रेट र ५०० नीट्सको पीक ब्राइटनेसको साथ आउँछ।
क्यामेराः फोनको पछाड़ि ६४ एमपी-को मेन, ८ एमपी-को वाइड र २ एमपी-को मेक्रो क्यामेरा रहेको छ। यसरी फोनको अघि सेल्फी र भीडियो कलको निम्ति ३२ एमपी-को क्यामेरा रहेको छ। फ्रण्ट र ब्याक दुवै क्यामेरामा ४के रेकर्डिंगको सुविधा रहेको छ।
ब्याटरीः ओप्पोको यो फोनमा ५००० एमएएच-को ब्याटरी रहनेछ। यसमा ६७ वाट सुपर चार्जको फीचर रहनेछ।
ओएसः ओप्पोको एफ२५ प्रो ५जी स्मार्टफोनमा कलरओएस १४.० अपरेटिंग सिस्टम रहनेछ।
मूल्यः ओप्पो एफ२५ प्रो ५जी स्मार्टफोनको शुरुवाती मूल्य २३,९९९ रुपियाँ (८जीबी ऱ्याम र १२८ जीबी स्टोरेज) रहेको छ। यसरी टप भेरियण्टको मूल्य २५,९९९ रुपियाँ (८जीबी ऱ्याम र २५६ जीबी स्टोरेज) रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *