बंग्लादेश विरुद्ध सीरीजमा शमी फर्किन सक्नेछन्ः जय शाह

IMG-20240311-WA0269.jpg

धर्मशाला: लण्डनमा खुट्टाको सफल सर्जरीपछि चोटमुक्त हुने प्रक्रियामा रहने भारतका प्रमुख पेस बलर मोहम्मद शमी यस साल सेप्टेम्बरमा बंग्लादेश विरुद्ध घरेलु टेस्ट सीरीजको माध्यमले मैदानमा फर्किन सक्छन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का सचिव जय शाहले यस्तो जानकारी दिएका छन्। गत महिना भएको खुट्टाको सर्जरीपछि उनी आईपीएलको २२ मार्चदेखि शुरु हुने आउँदो सीजनबाट पनि बाहिर रहनेछन्। त्यसपछि वेष्ट इण्डिज र अमेरिकामा हुने टी२० वर्ल्ड कपमा पनि शमी खेल्ने सम्भावना कम्ती नै छ। शमीले भारतको निम्ति आफ्नो अन्तिम म्याच गत वर्ष आईसीसी वनडे विश्व कपमा खेलेका थिए। सेप्टेम्बरमा भारत र बंग्लादेशबीच दुईवटा टेस्ट र तीनवटा टी२० इण्टरनेशनल म्याचको सीरीज खेलिनेछ। शाहले भने, शमीको सर्जरी भएको छ अनि उनी भारत फर्किएका छन्। बंग्लादेश विरुद्ध होम सीरीजको निम्ति शमी फर्किने प्रबल सम्भावना छ। लोकेश राहुललाई इञ्जेक्शनको आवश्यकता छ अनि उनले रिह्याब शुरु गरेका छन्। उनी अहिले राष्ट्रिय क्रिकेट एकाडमीमा छन्। बीसीसीआई सचिवले रिभष पन्तको फिटनेसमाथि पनि जानकारी दिएका छन्। उनले भने, पन्त आईपीएलमा फर्किन तयार छन्। उनी असल ब्याटिंग गरिरहेका छन् अनि विकेटकीपिंग पनि शुरु गरेका छन्। उनले टी२० वर्ल्ड कप खेल्न सके हामीलाई धेरै फाइदा हुनेछ। उनी हाम्रो महत्त्वपूर्ण खेलाड़ी हुन्। उल्लेखनीय छ, पन्तले आईपीएलमा दिल्ली क्यापिटल्स टीमको कप्तानी गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement