अन्ततः सलमान खानलाई आत्मरक्षाको निम्ति हतियारको लाइसेन्स जारी

Salman-Khan-1

मुम्बई: बलिवुडमा भाईजानको नामले विख्यात फिल्म अभिनेता सलमान खानलाई अन्ततः मुम्बई पुलिसले आत्मरक्षाको निम्ति हतियारको लाइसेन्स जारी गरेको छ। केही दिनअघि सलमान खान र उनका पिता सलीम खानले ज्यानले मार्ने धमकी पाएपछि सलमान खानले मुम्बईका पुलिस आय़ुक्त विवेक फनसालकरसित भेट गरी हतियार लाइसेन्सको निम्ति आवेदन गरेका थिए। त्यसपछि अब मुम्बई पुलिसले सलमान खानलाई हतियारको लाइसेन्स जारी गरेको छ। फिल्म अभिनेता सलमान र उनको परिवारलाई ज्यानले मार्ने धमकी दिएको एउटा पत्र भेटिएपछि ‘संघर्ष’ संगठनले केही दिनअघि पुलिस आयुक्त विवेक फनसलकरलाई पत्र लेखेर अभिनेता सलमान खानलाई सश्त्र लाइसेन्स नदिने माग गरेको थियो। यसमा भनिएको थियो, ‘सलमानको हिट एण्ड रन मामिलादेखि लिएर एक पत्रकारको साथ दुर्व्यवहारको घटनासम्म पछिल्ला आपराधिक रेकर्ड छन्’। यसपछि पनि मुम्बई पुलिसले सलमानको अनुरोधमा हतियारको लाइसेन्स दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *