राष्ट्रिय प्रशिक्षण शिविरको निम्ति २८ सदस्यीय कोर समूहको घोषणा

IMG-20240311-WA0263.jpg

नयाँ दिल्ली: हकी इण्डियाले मंगलवारदेखि ३० मार्चसम्म भुवनेश्वरमा हुने सीनियर पुरुष राष्ट्रिय प्रशिक्षण शिविरको निम्ति २८ सदस्यीय कोर सम्भावित समूहको घोषणा गऱ्यो। पेरिस ओलम्पिक २०२४-को तयारीहरूलाई ध्यानमा राखेर भुवनेश्वरको कलिंगा हकी स्टेडियममा शिविरको आयोजन हुनेछ। पुरुष हकी टीम एफआईएच हकी प्रो लीग २०२३-२४-मा असल प्रदर्शनपछि शिविरमा फर्किएको छ, जहाँ भुवनेश्वर र राउरकेला चरणका आठवटा म्याचमा १५ पोइण्ट्स अर्जित गरेपछि अहिले तेस्रो स्थानमा रहेको छ। लीग २२ मईदेखि बेल्जियमको एण्टवर्पमा फेरि शुरु हुनेछ। राष्ट्रिय प्रशिक्षण शिविरको मुख्य समूहमा गोलकीपर कृष्ण बहादुर पाठक, पीआर श्रीजेश, सूरज करकेरा र डिफेण्डरहरूमा हरमनप्रीत सिंह, जरमनप्रीत सिंह, अमित रोहिदास, जुगराज सिंह, सञ्जय, सुमित र अमीर अली सामेल छन्। शिविरमा बोलाइएका मीडफिल्डरहरूमा मनप्रीत सिंह, हार्दिक सिंह, विवेक सागर प्रसाद, रविचन्द्र सिंह मोइरंगथेम, शमशेर सिंह, नीलकण्ठ शर्मा, राजकुमार पाल र विष्णुकान्त सिंह सामेल छन्। यसरी फरवर्डहरूका सूचीमा आकाशदीप सिंह, मन्दीप सिंह, ललित कुमार उपाध्याय, अभिषेक, दिलप्रीत सिंह, सुखजीत सिंह, गुरजन्त सिंह, मोहम्मद राहील मौसीन, बबी सिंह धामी र अरजीत सिंह हुन्दल सामेल छन्। भारतीय पुरुष हकी टीमका मुख्य प्रशिक्षक क्रेग फुल्टनले आउँदो शिविरलाई महत्त्वपूर्ण बताएका छन्। उनले भने, हामी यस शिविरमा प्रशिक्षणको एउटा महत्त्वपूर्ण ब्लक शुरु गर्न चाहन्छौं अनि हामी कुनै सीरीजको निम्ति जान अघि टोली सर्वोत्तम स्थितिमा रहेको सुनिश्चित गर्न चाहन्छौं। शिविरमा चयन गरिएका खेलाड़ीहरू आउँदो महत्त्वपूर्ण म्याचहरूमा खेल्ने प्रबल दावेदार हुनेछन्। यसैकारण हामीले प्रो लीग खेल्ने केही युवा खेलाड़ीहरूका साथमा अनुभवी खेलाड़ीहरूका समूह चयन गरेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement