सिक्किमका पीड़ित जनताले न्याय नपाएसम्म एसडीएफको क्रान्ति जारी रहनेछः पवन चामलिङ

n5906942081710174746991eecbebc1178ef881afb90d19c35f51c5152ba8b611289ce8dbf4e436a004915c.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले विगत पॉंच वर्षमा सिक्किममा भएका हिंसात्मक घटनाहरूको निम्ति वर्तमान राज्य सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।

उनले कानून एवं व्यवस्थाको जिम्मेवारी राज्य सरकारको रहेको बताउॅंदै राज्यमा भएका आपराधिक घटनाहरूको निम्ति पनि सरकार नै जवाफदेही रहेको बताएका छन्।

एसडीएफले राजधानीमा आज शान्ति ऱ्यालीको आयोजना गऱ्यो। गत एक मार्चका दिन एसडीएफ पार्टीका एक वरिष्ठ नेता केएन राईमाथि भएको प्राणघातक हमलाको विरोध र उक्त घटनामा संलग्न मास्टर माइन्डलाई पक्राउ गर्नु पर्ने माग गर्दै उक्त ऱ्याली निकालिएको थियो। ऱ्याली इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयबाट शुरू भएर जिल्लापाल कार्यालय परिसर पुगेर समाप्त भयो।

ऱ्याली समापन भएपछि पत्रकारहरूसित कुराकानी गर्दै एसडीएफ अध्यक्ष चामलिङले सिक्किमका मुख्यमन्त्रीकै निर्देशमा राज्यमा आपराधिक घटनाहरू भइरहेको गम्भीर आरोप लगाए। उनले राज्यमा विगत पॉंच वर्षमा धेरै आपराधिक घटनाहरू घटेको, तर उक्त अपराधहरूमा संलग्न एकैजना पनि अपराधीलाई पक्राउ नगरिएको बताए। उनले यी घटनाहरूमा राज्य सरकारको संलग्नता रहेकाले अपराधीहरूलाई पक्राउ नगरिएको हो भनी आरोप लगाए।

चामलिङले गत एक मार्चका दिन एसडीएफका एक वरिष्ठ नेता केएन राईमाथि प्राणघातक हमला गरिएको बताउॅंदै आजका दिनसम्म उक्त घटनाका मास्टर माइन्डलाई पक्राउ गर्न सकिएको छैन भने। उनले राज्यका जनताको विश्वास वर्तमान सरकार र पुलिस प्रशासनबाट उठिसकेको छ, यस विगत पॉंच वर्षमा भएका आपराधिक घटनाहरूको जॉंच सीबीआईद्वारा गराउनु पर्ने माग एसडीएफको रहेको बताए। उनले राज्यका पीड़ित जनताले न्याय नपाएसम्म एसडीएफ पार्टीले आफ्नो क्रान्तिलाई जारी राख्नेछ भनी बताए।

यसै क्रममा चामलिङ एसडीएफ पार्टी आगामी चुनाउमा सिक्किममा शान्ति र सुरक्षा, कानून एवं व्यवस्थ र प्रजातन्त्र सुनिश्चित गर्न चुनावी मैदानमा जानेछ भनी जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement