एबीभीपी-को उत्तरकन्या अभियानलाई केन्द्र गरेर सिलगढीमा उतप्तको माहौल

Screenshot_20240311_205257_Samsung-Internet.jpg

सिलगढी: एबीभीपी-को उत्तरकन्या अभियानलाई केन्द्र गरेर सिलगढीमा उतप्तको माहौल देखापर्यो। उत्तरकन्या अभियान अवधि एबीभीपी-का कार्यकर्ता तथा समर्थकहरूले पुलिसको बाधाको सामना गर्नपर्यो। पुलिसले आज तीनबत्ती मोड नजिक एबीभीपीको रैलीलाई रोकिदिँदा उतप्तको माहौल देखा पर्यो। एबीभीपी कार्यकर्ता तथा समर्थकहरूले पुलिसको ब्यारिकेड भत्काउने प्रयास गर्दा पुलिसले उल्टै तिनीहरूमाथि लट्ठीचार्ज शुरू गरे। यसको साथै एबीभीपी-का केही कार्यकर्ता तथा समर्थकहरूलाई पुलिसले हिरासतमा लिएको छ। राज्यभरिमै महिलाहरूमाथि हिंसा तथा सन्देशखाली घटनाको विरोधमा एबीभीपीले आज उत्तरकन्या अभियानको आहवान गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement