दार्जीलिङ: भारतीय जनता पार्टी र तृणमूल कांग्रेसको मानसिकता गोर्खाहरूप्रति राम्रो छैन। त्यसकारण अब हुने चुनावमा हामीले यिनीहरूलाई हराउँनैपर्छ भनीवहाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले बताएका छन्।अध्यक्ष एडवाडर्सले भने, दार्जीलिङ पहाड एंव तराई डुवर्स अनि गोर्खाहरूको निम्ति तृणमूल कांग्रेस र भारतीय जनता पार्टी हुँदैन। यी दुई राजनैतिक दलहरूले पहाड तराई डुवर्स एंव गोर्खाहरूको भलो कहिले सोचेको छैन अनि सोच्दैन पनि। पहाड तराई डुवर्स एंव गोर्खाहरूले तृणमूल कांग्रेस र भारतीय जनता पार्टीको विकल्प सोच्नपर्छ।
उनले अघि भने, हुन त तृणमूल कांग्रेस र भारतीय जनता पार्टीको विकल्प हामीसंग धेरै छ जसमा सबैको सहमतिमा उम्मेद्वार खडा गर्ने साथै अन्य राष्ट्रिय दलहरू पनि विकल्प रहेको छ।’
हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अझ भने, भारतीय जनता पार्टी र तृणमूल कंग्रेसको सोच गोर्खाहरूप्रति राम्रो छैन। त्यसकारण अब हुने चुनावमा मौन मतदाताहरू र अन्याय र अत्यचारको चपेटमा परेका गोर्खाहरू मतदाताहरूले यिनीहरूलाई भारी बहुमतले हराउनुपर्छ। तृणमूल कांग्रेस र भारतीय जनता पार्टीलाई दार्जीलिङ लोकसभा समष्टिबाट हराउन मौन मतदाताहरू एकबद्व हुने समय आएको छ। विगत २००९ को लोकसभा चुनावदेखि हामीले भारतीय जनता पार्टीको कुरा सुनेर समर्थन जनाउँदै संसद दिन्दै आएका छौं। विगतका चुनावहरूमा भारतीय जनता पार्टीले पहाड तराई डुवर्स एंव गोर्खाहरूलाई यहाँको दीर्घकालीन समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने,गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा समावेश गर्ने अनि चिया श्रमिकहरूलाई मिनिमम वेजेस दिने आफ्नो संकल्प पत्रमा लिखित वाचाहरू गरेका थिए तर १५ बितिसक्दा पनि भाजपाले आफ्नो वचन पूरा गरेननि।हामीलाई झूठो आश्वसन मात्र दिए,यस्ता झूटा राजनैतिक दललाई अब हामी विश्वास गर्न सक्दैनौं। त्यसरी नै राज्यको तृणमूल सरकारले हामी पहाडवासी गोर्खाहरूमाथि गरेको अन्याय र अत्यचार लाई हामी कदापी भूल्न सक्दैनौं। भारतीय जनता पार्टी र तृणमूल कांग्रेसलाई हारको तितो स्वाद दिलाउन अब हामी समस्त पहाडवासी एंव गोर्खा जाति एकबद्व हुनुपर्छ।’










