खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको शाखा पसौं अभियान अन्तर्गत सिविटार चियाबारी र गिताङ्गे चियाबारीमा सम्पन्न भएको छ। सिविटार चियाबारीको बुथ नम्बर २५९ मा पेम्बा तामाङको अध्यक्षता र पञ्चायत सदस्य राजीव तामाङको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टीको सांगठनिक सचिवद्वय बिपन विश्वकर्म र उत्तम छेत्रीले सम्बोधन गरेका थिए। त्यसरी नै सिविटारको बुथ नम्बर २५८ मा आनन्द तामाङको अध्यक्षता र फुर्बा तामाङको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, तीनधारे महानदी समष्टिको सांगठनिक सचिव बिपन विश्वकर्मले सम्बोधन गरेका थिए। सभामा महानदी ग्राम पञ्चायतको पञ्चायत उप प्रधान सोनिका तामाङ पनि उपस्थित रहेका थिए। त्यसरी नै गिताङ्गे चियाबारीमा पनि तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा बीके विष्टको अध्यक्षता मणिकुमार विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टि प्रवक्ता बिपन विश्वकर्म र पञ्चायत सदस्या जुना छेत्रीले सम्बोधन गरेका थिए। सिविटार र गिताङ्गे चियाबारीमा रहेको तीनवटै बुथहरूमा भएको सभामा बुथ कमिटीहरूलाई यथावत राखेर शाखा कमिटीमा परिणत गरिएको छ। त्यसरी नै तीनैवटा बुथहरूमा प्रशाखा कमिटीहरू गठन गर्नलाई छ -छजनालाई संयोजकहरू चयन गरिएको छ।










