वन मन्त्री कर्मा लोडेले जनाए नर्थ इस्ट कलक्लेवमा सहभागिता

IMG-20220520-WA0182.jpg

गान्तोक। गुवाहटीमा आजदेखि शुरू भएको तीन दिवसीय नर्थ इस्ट कनक्लेवमा राज्यका वन विभागका मन्त्री कर्मा लोडे भोटिया लगायत विभागका अन्य अधिकारीवर्गले सहभागिता जनाए। आजदेखि शुरू भएको तीन दिवसीय कार्यक्रम आगामी २२ मईको दिन समापन हुने भएको छ। केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानको दिशा निर्देशमा आयोजित कार्यक्रममा आसममा मुख्यमन्त्री हिमन्ता विश्व शर्माको पनि उपस्थिति रहेका थिए भने उनी सो कार्यक्रमका प्रमुख संरक्षक पनि हुन्। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य उत्तर-पूर्वी भारतका राज्यहरूमा सबै शिक्षा/अनुसन्धान संस्थाहरू र उद्योगहरूबाट प्रदर्शनी मार्फत उत्कृष्ट अनुसन्धान र विकासका कार्य र गतिविधिहरू सहकार्य गर्नु रहेको छ। स्थानीय स्वदेशी प्रविधि र आविष्कारहरूको विकासको लागि प्रवाहकीय वातावरण सिर्जना गर्नको लागि जग निर्माण गर्न अर्को उद्देश्य हो। यसले अनुवादात्मक अनुसन्धान र उद्यमशीलताको प्रवर्द्धन र देशलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न सहयोग पुऱ्याउने छ। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भोटियाले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको दिशा निर्देश बमोजिम सिक्किम प्राकृतिक संसाधनहरूमा धनी रहेको र यसको निम्ति काम गर्न राज्य सरकार प्रतिवद्ध रहेको बताए। सरकार प्राकृतिक संसाधनको संरक्षण गर्न सदैव तयारी रहेको जानकारी गराए। मन्त्रीले राज्यमा रहेको हिमनदी र जलस्रोतमा परेको जलवायु परिवर्तनका असरहरूबारे कार्यक्रममा अवगत गराए। उनले उत्तर सिक्किमको लोनाक झीलबारे गरिएको अध्ययनबारे प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement