गान्तोक: राज्य प्रदुषण नियन्त्रण बोर्ड, सिक्किम इआईएसीपी हव र वन्य एवन पर्यावरण विभागको संयुक्त तत्वावधानमा एकल प्रयोग प्लास्टिक र पर्यावरण मैत्री विकल्पहरू तयार गर्नको निम्ति दुई दिवसीय कार्याशाला आयोजना गरियो।सम्बन्धी दुई दिने दिगो जीवन शैलीको कार्यशाला आयोजना गरियो। देउरालीस्थित वन विभागको प्रेक्षागृहमा आयोजना भएको दुई दिवसीय कार्यशालामा गान्तोक वरिपरि सञ्चालित इको क्लब ग्रीन शिक्षक साथै एक सय विद्यार्थीहरूले सहभागिता जनाएका थिए। उक्त कार्यक्रम वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयद्वारा प्रायोजित मिशन लाइफ – वातावरणका लागि जीवन शैली अभियान २०२२-२०२८ को एक भागको रूपमा सञ्चालन गरिएको थियो। ८ मार्चको दिउँसो आयोजित कार्यक्रमको उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइएको थियो।

यस दुई दिवसयी कार्यशालाको मुख्य उद्देश्य पात, फूल, बाँस, बोटबिरुवा जस्ता प्राकृतिक स्रोतहरूबाट सजावटको सामग्री गर्नमा केन्द्रित रहेको थियो। हातबाट निर्मित गरिने विभिन्न सामग्रीहरू कार्यशालामा प्रशिक्षण प्रदान गरियो। यस कार्यक्रमको उद्देश्य जन्मदिन, विवाह आदि समारोहहरूमा प्रायः हुने सजावटका रूपमा एकल प्लास्टिकको प्रयोगलाई हटाएर पर्यावरण-मैत्री जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य थियो।










