पाकिम जिल्लाका प्रिसाइडिङ र मतदान अधिकारीहरूलाई लिएर प्रशिक्षण सम्पन्न

IMG-20240311-WA0266.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै पाकिम जिल्लाका प्रिसाइडिङ र मतदान अधिकारीहरूलाई लिएर तेस्रो चरणको प्रशिक्षण कार्यक्रम आयोजना गरियो। पाकिम जिल्लाको रूअर्वन कम्प्लेक्स भवनमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा कूल १२४ जना प्रिसाइडिङ र मतदान अधिकारीहरूले सहभागिता जनाएका थिए।

सभामा जिल्लापाल टाशी छोपेलले सहभागिहरूसँग अन्तरक्रिया गर्दै चुनाउमा सक्रियरूपमा सहभागिता जनाउन र चुनाउ प्रक्रिया सम्वन्धि कुनै शंका भएको खण्डमा त्यसलाई मनबाट निकाल्नु पर्ने सुझाउ दिए। उनले चुनाउको दिन प्रत्येक दुई घण्टामा सम्वन्धित निकायसमक्ष रिपोर्ट बुझाउनु पर्ने निर्देश दिएका छन्।

विशेष गरेर जिल्लापालले चुनाउको दिन विभिन्न विषय जस्तै प्रबन्धन, प्रिसाइडिङ र मतदान अधिकारीहरूको कर्तव्य र चुनाउको अघि अभ्यासबारे जानकारी गराए। प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई प्रदान गरिएको दिशानिर्देश र बुझेको कुरा मूल्याङ्कन गर्नका साथै आगामी चुनाउको लागि राम्रोसँग तयारी गरेको सुनिश्चित गर्नको लागि एक समीक्षा सभा पनि सम्पन्न भयो।

About Author

Advertisement