मुख्यमन्त्रीले गरे इन्डियान पेन्टीकोस्टल चर्च सिक्किम र राई सायाचोङ्मु माङखिमको उदघाटन

IMG-20240311-WA0267.jpg

एसकेएम सरकारले कुनै पनि जातिमाथि अन्याय गरेको छैनः प्रेमसिंह तामाङ

गान्तोक: राज्यका मुख्यन्त्री प्रेम सिंह तामाङले गेजिङ र सोरेङ जिल्लामा केही दिनदेखि यता निरन्तर विभिन्न पूर्वधारको उदघाटन गर्दै आइरहेका छन्। यसै क्रममा मुख्यमन्त्रीले आज रिञ्चेपोङ समष्टिमा नवनिर्मित दुईवटा पूर्वावधारहरूको विधिवतरूपमा उद्घाटन गरे। आज उदघाटन गरिएको यी दुई वटा परियोजनाहरू इन्डियान पेन्टीकोस्टल चर्च सिक्किम र परेङगाउँमा निर्मित किराँत राई सायाचोङ्मु मांखिम रहेको छ। उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, जिल्ला अध्यक्ष, उपाध्यक्ष अनि पार्टीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। परेङगाउँमा निर्माण भएको यो माङ्खिम ऐताहिसिक रहेको छ। यो ठाउँमा सिक्कममा नै सबैभन्दा पहिलोपल्ट राई भाषालाई पठन पाठन गर्ने प्रक्रिया शुरु भएको थियो। त्यही कुरालाई ध्यानमा राखेर मुख्यमन्त्री स्वंयले अखिल किराँत राई संघसँग बैठक गरेर यहाँ माङ्खिम अनि भाषिक सोध केन्द्रको निर्माण गर्ने प्रक्रिया शुरु गरेका थिए। उक्त पूर्वधार निर्माणको निम्ति सरकारले कूल 22 करोड़को धनराशी सरकारले आवण्टन गरेर गरेको थियो। त्यही अनुरुप १ करोड़को लागतमा तीनवटा धरोहरमध्ये माङ्खिमको भने निर्माण कार्य पूर्ण भएपछि आज मुख्यमन्त्री तामाङको बाहुलीबाट उद्घाटन गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले आफ्नो स्थापनाको शुरुदेखिनै सिक्किमको विभिन्न जात अनि धर्मको विकास गर्नहेतु कार्य गरिरहेको बताए। राई जातिको लामो मागहरूलाई पनि पुरा गर्दै विभिन्न ठाउँहरूको माङ्खिम साथै शोध केन्द्रहरूको स्थाना गर्ने कार्य गरेको जनाए। कुनै पनि जातलाई अन्याय नगरेको बताउँदै सबै जातिको भाषा, संस्कार, संस्कृति अनि रिति थितिलाई खुल्ला रुपमा पालन साथै संरक्षण गर्न सरकारले सहयोग पुऱ्याइरहेको पनि किटान गरे। रिञ्चेपोङका जनताको लामो समयदेखि यो मागलाई सरकारले न्याय दिँदै यहाँ माङ्खिम अनि अन्य धरोहरहरूको स्थापना गरेको पनि बताए। यति मात्र नभएर यस समष्टिमा सरकारले अनेकौ कार्य गरेको दावी गरे। वर्ष २०१९ मा यहाँका जनताले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारलाई सहयोग नगरेपनि अब भने यहाँबाट टेबल ल्याम्पको चिन्हलाई जीत दिलाउने समय आइसकेको सुझाउ दिए। यसैले आगामी दिनमा यहाँबाट अवश्यै पनि जनताले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई धोका नदिने आफू विश्वस्त रहेको पनि बताए।

आजको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले वर्तमान सरकारले राई जाति विकास अनि संरक्षणको निम्ति गरेको विभिन्न कार्यहरूको प्रशंसा गर्दै धन्यवाद दिए। विगत २५ वर्षमा राई समुदायबाट नै सरकारमा नेता भएपनि काम नभएको तर वर्तमानमा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा यति धेरै कार्यहरूको भएको साथै यो रेकर्ड नै रहेको बताए।

आजको कार्यक्रममाझ मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट मुख्यमन्त्री राहत कोष, मुख्यमन्त्री विवेकाधिन कोषबाट विभिन्न व्यक्तिहरूलाई सहयोग पनि प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement