मन्त्री कर्मा लोडे भोटियाले गरे रबने र गाईखाना मनिलाखाङको उद्घाटन

IMG-20240311-WA0265.jpg

गान्तोक: काबि लुङचोक निर्वाचन क्षेत्रका विधायक एवं वन मन्त्री कर्मा लोडे भोटियाले हिजो गाइखाना गाउँमा रवने र गाईखाना मनिलाखाङको उद्घाटन गरे। उक्त कार्यक्रममा मन्त्री भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा पूर्व विधायक टीटी भोटिया लगायत अन्यहरूको उपस्थिति थियो।

यस पूर्वाधारको उद्घाटनपछि उनले स्थानीयहरूलाई समर्पित गर्दै यसको निर्माणको निम्ति कोष उपलब्ध गराएकोमा धर्म विभाग मन्त्री सोनाम लामालाई धन्यवाद दिए। यसरी नै उनले छोलुङ छुलसुमको मूर्ति प्रदान गर्नको साथै अन्य सहयोग प्रदान गरेकोमा पनि धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्। सोही प्रकारले यस पूर्वाधार निर्माणको निम्ति जमीन दान गर्ने पेमा छोपेल भोटियालाई पनि धन्यवाद दिएका छन्। यस परियोजनाको शिलान्यास मन्त्री लामाले गत २८ दिसम्बर २०२१ मा गरेका थिए।

About Author

Advertisement