ओलम्पिक कोटादेखि एक जीतको दूरीमा बक्सर निशान्त देव

IMG-20240311-WA0239.jpg

बस्तो अर्सिजियो (इटली): वर्ल्ड च्याम्पियनशीप पदक विजेता भारतीय बक्सर निशान्त देव पेरिस ओलम्पिकको कोटा हासिल गर्नदेखि केवल एक जीतको दूरीमा रहेका छन्, जसले ग्रीसका क्रिस्टोस काराइटिसलाई पराजित गरी वर्ल्ड ओलम्पिक बक्सिंग क्वालीफायरमा ७१ किग्रा वर्गको क्वार्टर फाइनलमा स्थान बनाए। गत वर्ष वर्ल्ड च्याम्पियनशीपमा फेदरवेट वर्गमा काँस्य पदक विजेता २४ वर्षीय निशान्तले सर्वसम्मतिद्वारा ५-०-ले जीत हासिल गरे। यस क्वालीफाईंग टुर्नामेण्टमा पुरुषहरूका ७१ किग्रा वर्गमा ४ वटा कोटा दिइनेछ। भारतको निम्ति बक्सिंगमा पाँचौं कोटा हासिल गर्न निशान्तले क्वार्टर फाइनलमा जीत हासिल गर्नु पर्नेछ। अब उनको सामना अमेरिकाका वर्ल्ड च्याम्पियनशीप २०२१-का रजत पदक विजेता ओमारी जोन्ससँग हुनेछ। भारतको ९ सदस्यीय टीममा केवल निशान्त ओलम्पिक कोटाको रेसमा सामेल छन्। वर्ल्ड च्याम्पियनशीप २०२३-का काँस्य पदक विजेता दीपक भोरिया (५१ किग्रा) र मोहम्मद हुसामुद्दीन (५७ किग्रा) पहिलो राउण्डमै हारेका थिए। भारतको निम्ति निकहत जरीन (५० किग्रा), प्रीति पवार (५४ किग्रा), परवीन हुड्डा (५७ किग्रा) र लवलीना बोरगोहेन (७५ किग्रा)-ले अगावै ओलम्पिक कोटा हासिल गरेकी छन्। रहल भारतीय बक्सरहरूका निम्ति अन्तिम मौका ब्यांककमा २३ मईदेखि ३ जूनसम्म हुने दोस्रो ओलम्पिक क्वालीफायर हुनेछ, जहाँ ४५-देखि ५१ जना बक्सरले क्वालीफाई गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement