नयॉं दिल्ली: राष्ट्रपति द्रोपदी मुर्मू आफ्नो पहिलो तीन दिवसीय राजकीय यात्रामा मरीशसको निम्ति प्रस्थान भएकी छन्। उनी भोलि मरीशसको राष्ट्रिय दिवस समारोहमा मुख्य अतिथिको रूपमा सहभागी बन्ने छन्। यसमा भारतीय नौसेनाको पहिलो प्रशिक्षण स्क्वाड्रन पोत- आईएनएस तीर र सीजीएस सारथी पनि सामेल रहनेछन्।
राष्ट्रपति द्रौपदी मुर्मू यस अवधि मरीशसका राष्ट्रपति पृथ्वीराज सिंह रोपुन र प्रधानमन्त्री प्रविन्द कुमार जुगनाथसॅंग द्विपक्षीय बैठक गर्नेछन्। उनको मरीशस नेशनल एसेम्ब्लीका अध्यक्ष, मरीशस सुप्रीम कोर्टका चीफ जस्टिस र अन्य नेताहरूसॅंग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति मुर्मू र प्रधानमन्त्री जुगनाथले संयुक्त रूपमा मरीशसका साथै भारतको जीवन्त विकास साझेदारीको बढ्दो र बहुमुखी प्रकृतिलाई प्रदर्शित गर्ने १४ भारत सहायता प्राप्त योजनाहरूको उद्घाटन गर्नेछन्।










