बतासे: सेवा नै परमो धर्म भन्ने भनाई छ। थोपा थोपा मिलेर सागर बन्दछ कण कण मिलेर पहाड बन्दछ। आउनुहोस आज फेरि एउटा असहाय बिरामीलाई तपाई हामी सबै मिलेर केही सहयोग गरौ।
धेरै दिनदेखि धेरै बिमारले थलिएको र हालमा अझ एउटा बिमार थपिएपछि त जीत बहादुर तामाङलाई असह्य नै भएको छ। रंगीत मझुवा मानेभञ्ज्याङ हुलाक बतासे निवासी जीत बहादुर तामाङ २०१४ सालमा आफु बिरामी जस्तो लागेर डाक्टर देखाउन गएका थिए। सबै परिक्षण गरेछि किडनीको समस्या बताइदिए। एक साधारण कृषक जीतबहादुर र उनकी पत्नि पुर्णिमाया तामाङ छाँगोबाट खसे।छर छिमेक आफन्त तथा आफुसित भएको सम्पति जोहो गरी किडनीको लागि सिलगढी झरे। लामो समयसम्मको उपचारपछि केही बिसेक बनेर परिवार धान्नलाई फेरि लागिपरे आफ्नै कामधन्धामा। अचानक केही समयअघि फेरि डाक्टर देखाउन पर्ने अवस्था आइपर्दा उनी पुगे डाक्टरको शरणमा नै, तर यसपटक भने जीतबहादुर तामाङको लागि अर्को वज्र झर्यो शिरैमा नै। यसपटक उनको फोक्सोमा घाउ भइसकेको बताए। लङ क्यान्सरले आक्रन्त उनलाई बताएपछि त आफुलाई सपना हो कि विपना लाग्न थाल्यो।भएभरको सबै सकियो ८ पटक केमो गर्दा, छरछिमेक आफन्तले सहयोग गरि रहेको तर त्यो ऊँटको मुखमा जीरो जस्तो भएको छ। तर जीतबहादुर तामाङ र पत्नि पुर्णिमाया तामाङ आफन्तजन शुभचिन्तक र छरछिमेकप्रति ह्रदयान्तरबाट आभारी रहेको बताउँछन्। उनीहरुले पनि आफुहरुले सक्दो गरिदिइ रहेकोमा उहाँहरुप्रति ऋणी रहेको बताउँछन्। प्रत्येक तीन तीन महिनामा डाक्टर चेकअप गराउन जान पर्ने बाध्यता रहेको छ उनको। एकपटक जाँदा आउँदा १४ हजारदेखि १८ हजारसम्म लाग्ने बताउँछन् उनी।यसरी आफु असक्त बनेपछि उदार ह्रदयहरुसित यसरी सहयोगको लागि हात फैलाउन परेको पनि बताउँछन्। यसरी समाजिक संन्जाल, खबर, पत्रिकातिर यो खबर सम्प्रेषण भएपछि कोही दयालु मानिस देवता बनेर आइदेला भन्ने आशा पनि उनले पालेका छन्। यही आशा पालेर नै उनले आफ्नो पत्निको एकाउन्ट नम्बर र फोन नम्बर सबैसित साझा गरेका छन्।
यो खबर हेरिसक्नु भएपछि मानवताको नातामा उनलाई केही सहयोग गरौ, नसके यहि खबरलाई सेयर गरेर उदार मन भएसम्म पुर्याउनमा सहयोग गरौ।किनकि एउटा भनाई नै छ नि -“मानव सेवा नै माधव सेवा हो।”
A/C number 59043969228 Allahabad Bank Branch: Darjeeling IFSC: IDIB000D004 PURNIMAYA TAMANG Phone Number: 6297667198










