बाल विवाह र बच्चा बेचबिखनमाथि सिनिको सचेतना शिविर

IMG-20220801-WA0185.jpg

कालचिनी: चाइल्ड इन नीड इन्स्टीट्यूट सिनीको पहलमा अनि अलिपुरद्वार २ नम्बर ब्लक प्रशासनको सहयोगितामा आज लोकनाथपुर उच्च विद्यालय र सन्त जेभियर्स स्कूलका विद्यार्थीहरूलाई समेटेर चाइल्ड इन नीड इन्स्टीट्यूट सिनीको पक्षबाट बाल विवाह लगायत बच्चा अनि नारी बेचबिखनमाथि एउटा सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी सिनी अलिपुरद्वार दुई नम्बर ब्लक कोर्डिनेटर असित सिकदारले दिएका छन्|
आज लोकनाथपुर उच्च विद्यालय र सन्त जेभियर्स स्कूलमा शिविर सम्पन्न गरिएको र आगामी ५ अगस्तसम्म यो विभिन्न स्कूलहरूमा सम्पन्न हुने सिनि अलिपुरद्वार दुई नम्बर ब्लक कोर्डिनेटर असित सिकदारले जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement