म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा शीर्ष स्थानमा रहने रियल म्याड्रिडले आफ्नो विजयाभियानलाई जारी राख्यो। आइतवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले सेल्टा विगोलाई ४-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट विनिसियस जूनियरले २१औं र एर्डा गुलेरले अन्तिम क्षण (इञ्ज्युरी टाइमको चौथो मिनट)-मा गोल गरे। रियललाई अन्य दुईवटा गोल उपहारमा हासिल भयो। सेल्टा विगोका गोलकीपर भिन्सेण्ट गुआइटाले ७९औं र स्थानापन्न खेलाड़ी कार्लोस डेमिनग्वेजले ८८औं मिनटमा आत्मघाती गोल गरे। यस जीतपछि रियल म्याड्रिड २८ वटा म्याचमा ६९ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा सुरक्षित रह्यो। यसबाहेक भिल्लारियलले रियल बेटिस विरुद्ध ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो।

म्याचमा दुवै टीमका एक-एकजना खेलाड़ीलाई ७०औं मिनटमा रेड कार्ड देखाइयो। रियल बेटिस ४२ पोइण्ट्सको साथ सातौं अनि भिल्लारियल ३५ पोइण्ट्सको साथ ११औं स्थानमा रहेको छ। अन्य एउटा म्याचमा एथलेटिक क्लबले लास पालमासलाई २-०-ले पराजित गऱ्यो।










