सात्विक-चिरागको जोड़ी च्याम्पियन

IMG-20240311-WA0175.jpg

पेरिस: सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले आइतवार राति आफ्नो असाधारण प्रदर्शनको क्रम जारी राख्दै चाइनीज ताइपेका ली झे-ह्यूई र यांग पो-हुआनको जोड़ीलाई सीधा गेममा पराजित गरी दोस्रोपल्ट बीडब्ल्यूएफ सुपर ७५० फ्रेञ्च ओपन ब्याडमिण्टन टुर्नामेण्टमा पुरुष युगलको खिताब जित्यो। विश्वको नम्बर एक भारतीय जोड़ीले यसअघि २०२२-मा पनि यस खिताबलाई जितेको थियो। यसबाहेक २०१९-मा भारतीय जोड़ी उपविजेता रहेको थियो। एशियन गेम्स च्याम्पियन सात्विक र चिरागको जोड़ीले ली र यांगको जोड़ीलाई ३७ मिनटसम्म चलेको फाइनलमा २१-११, २१-१७-ले सजिलै पराजित गरी सीजनको पहिलो खिताब जित्यो। भारतीय जोड़ीले यस साल मलेशिया सुपर १००० र इण्डिया ओपन सुपर ७५० टुर्नामेण्टमा फाइनलमा स्थान बनाएको थियो जबकि गत वर्ष चाइना मास्टर्स सुपर ७५०-मा पनि उपविजेता रहेको थियो।
पेरिसमा भएको फाइनलमा सात्विक-चिरागको जोड़ीले शुरुदेखि नै विपक्षी जोड़ीलाई दबाउमा राख्यो। उनीहरूले विश्वका सर्वश्रेष्ठ खेलाड़ीहरूका रूपमा आफ्नो स्थितिलाई साबित गरे। दुवै जोड़ीले शुरुमा केही गल्ती गऱ्यो तर एकपल्ट ४-३-को बढ़त हासिल गरेपछि सात्विक र चिरागले म्याचलाई नियन्त्रणमा ल्याए। भारतीय जोड़ीको शक्तिशाली स्म्याश र असाधारण रक्षात्मक कौशल अघि ली र यांगको जोड़ीको कुनै शीप चलेन। यसरी भारतीय जोड़ीले पहिलो गेम सजिलैसँग २१-११-ले जित्यो। दोस्रो गेममा चाहिँ ली र यांगले प्रदर्शनमा सुधार गर्दै भारतीय जोड़ीलाई कड़ा चुनौती दिन थाल्यो। ब्रेकको समयसम्म चाइनीज ताइपेको जोड़ी ११-९-ले अघि रहेको थियो। त्यसपछि चाहिँ सात्विक-चिरागको जोड़ीले खेलको स्तरलाई उठाएर १६-१४-को बढ़त हासिल गऱ्यो। त्यसपछि भारतीय जोड़ीले बढ़तलाई कायम राख्दै २१-१७-ले दोस्रो गेमको साथमा म्याच र खिताब जित्यो। यसअघि सात्विक-चिरागको जोड़ीले सेमिफाइनलमा दक्षिण कोरियाका सियो सेउंग जे र कांग मिन ह्युकको जोड़ीलाई २१-१३, २१-१६-ले पराजित गरी फाइनलमा स्थान बनाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement