हारबाट बाँच्न अष्ट्रेलियाको संघर्ष जारी

IMG-20240311-WA0001.jpg

क्राइस्टचर्च: प्रतिकूल परिस्थितिमा ब्याटरहरूका उत्कृष्ट प्रदर्शनको दममा न्यूजील्याण्डले अष्ट्रेलिया विरुद्ध दोस्रो क्रिकेट टेस्ट म्याचमा जीतको सम्भावनालाई मजबूत बनायो। म्याचमा न्यूजील्याण्डको पहिलो ईनिंग्स केवल १६२ रनमा समाप्त भएपछि अष्ट्रेलियाले २५६ रन बनाएर पहिलो ईनिंग्सको आधारमा ९४ रनको बढ़त हासिल गरेको थियो। त्यसपछि न्यूजील्याण्डले आफ्नो दोस्रो ईनिंग्समा उत्कृष्ट ब्याटिंग गर्दै ३७२ रन बनाउँदा अष्ट्रेलियालाई जीतको निम्ति २७९ रन बनाउने चुनौतीपूर्ण लक्ष्य हासिल भयो। अष्ट्रेलियाको दोस्रो ईनिंग्समा शुरुवात राम्रो भएन अनि न्यूजील्याण्डका पेस बलरहरूले भटाभट विकेट हासिल गर्दा एक समय त स्कोर ४ विकेटमा ३४ रन रहेको थियो। त्यसपछि चाहिँ ट्रेविस हेड (अविजित १७) र मिचेल मार्श (अविजित २७)-ले लड़ाइँ जारी राखे। यसरी अष्ट्रेलियाले तेस्रो दिनको खेल समाप्त हुँदासम्म ४ विकेट गुमाएर ७७ रन बनायो। यसरी अष्ट्रेलियालाई जीतको निम्ति अझ २०२ रनको आवश्यकता छ अनि हातमा केवल ६ विकेट बाँचेको छ। अष्ट्रेलियाको शीर्ष क्रममा आज स्टीव स्मिथ ०९, उस्मान ख्वाजा ११, मार्नस लाबुशेन ०६ र क्यामरन ग्रीन ०५ रन बनाएर आउट भए। न्यूजील्याण्डका बलरहरूमा म्याट हेनरी र बेन सीयर्सले २-२ विकेट हासिल गऱ्यो। यसअघि आज शनिवारको स्कोर २ विकेटमा १३४ रनदेखि अघि खेल्दै न्यूजील्याण्डले आफ्नो दोस्रो ईनिंग्समा अझ २३८ रन थपेर अष्ट्रेलियालाई चेपारोमा पाऱ्यो। दोस्रो दिन अर्द्धशतक बनाएर खेलिरहेका टम लाथम आज ७३ रन बनाएर आउट भए जबकि अलराउण्डर रचिन रविन्द्रले पनि अर्द्धशतक बनाए। लाथमले १६८ बल खेलेर ८ वटा चौका लगाए। यसरी रविन्द्रले १५३ बल खेलेर १० वटा चौकाको साथ ८२ रन बनाए। यी दुई बाहेक डेरिल मिचेलले पनि ५८ रन र तल्लो क्रममा स्कट कुग्लेगिनले ४४ रनको योगदान दिए। मिचेलले ९८ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। यसरी कुग्लेगिनले ४९ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। अष्ट्रेलियाई बलरहरूमा प्याट कमिन्सले ४ र न्याथन लायनले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement