गोरुबथान मल्टीप्रपोज वुमेन्स को अपरेटिभ सोसाइटीको तत्वावधानमा विश्व नारी दिवस समपन्न

IMG-20240311-WA0105.jpg

गोरुबथान: विश्व नारी दिवसको अवसरमा शेर्पा गाउँ गोरुबथानमा गोरुबथान मल्टीप्रपोज वुमेन्स को अपरेटिभ सोसाइटीले भव्य रुपमा नारी दिवस पालन गरेको खबर प्राप्त भएको छ। नारी दिवस कार्यक्रमको यस अवसरमा मुख्य अध्यक्षा दिलु गुरुङ थिइन भने विशिष्ट अतिथिहरुमा क्रमैले मिङमा शेर्पा, सोनाम भूटिया, रेनु तामाङ, मनोज राई, शान्त शेर्पा, निमा शेर्पा फुर्तेम्बा शेर्पा आदि उपस्थित थिए। यसै गरी ओभरसिज ब्याङ्कका प्रबन्धक, साङ्गे शेर्पा, बिमल शेर्पाको पनि उपस्थिति रहेको थियो।                                         

यस अवसरमा गोरुबथान खण्डका १० वटा स्वनिर्भर समूह (एसएचजी) ले अंश ग्रहण गरेका थिए। सम्झना एसएचजी, लक्ष्य एसएचजी, मखमली एसएचजी, प्रेरणा एसएचजी, उत्सर्ग एसएचजी, सुनाखरी एसएचजी, आदर्श एसएचजी, संस्कृति एसएचजी, सनफ्लावर एसएचजी, सनराईजिङ एसएचजी रहेको थियो।छेकी शेपाद्वारा सन्चालित यस कार्यक्रममा ५ वृद्धा आमाहरुलाई सम्बर्द्धना पनि गरिएको थियो। यस अवसरमा डिएलएसए दार्जिलिङको तर्फबाट पिएलभी राजु सार्की र अनुज्ञालय सिपिचब्ल्यु प्रदेश राईले बाल बालिका अधिकार, नारी शोषण, समानता जस्ता महत्वपूर्ण विषयमा सम्भाषण दिए।यस कार्यक्रममा विशिष्ट अतिथि रेनु तामाङले पनि आफ्नो विचार राखेका थिए।

कार्यक्रमको अन्त्यमा आफ्नो विचार पोख्दै कार्यक्रम समाप्तिको घोषणा दिवसीय सभानेत्री दिलु गुरुङले राखिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement