गान्तोक: पश्चिम बंगालको जीटीए क्षेत्रअन्तर्गत लिङ्सेमा अवस्थित सरस्वती विद्या निकेतन विद्या भारती स्कूलका नानीहरूलाई कराते प्रशिक्षण आरम्भ गरिएको छ। सेल्फ डिफेन्स सितोरियो कराँते डो पाकिम जिल्लाका प्रमुख प्रशिक्षक कुलहरि राई सहित सेनसाई प्राञ्जल विश्वकर्माको अगुवाईमा आज अपरान्ह एक कार्यक्रममाझ शुरु गरियो। सिहान कुलहरि राईले कराँते विषयमा बताए। उक्त अवसरमा सरस्वती विद्या निकेतनका प्रधानाचार्य, शिक्षक-शिक्षिका अनि कक्षा ८ सम्मका विद्यार्थी नानीहरू उपस्थित थिए। सप्ताहमा दुईपल्ट नानीहरूलाई कराते प्रशिक्षण दिइने रूटिन तय गरिएको छ।









